भाइरल पोष्ट, पर्सा ।।
माघ २४ गते ।। बागमती सेवा समाज नेपाल(द्यध्क्ल्) ले पर्सा गाउँपालिकाका अत्ति जोखिममा रहेका विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा समाजले पर्सा गाउँपालिका भित्रका २ सय घरधुरीलाई न्यानो कम्बल वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष धिरेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा गरिएको कम्बल वितरण कार्यक्रमलाई गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीले समन्वय गरेका थिए ।
कम्बल वितरण कार्यक्रमका अवसरमा गापा अध्यक्ष यादवले सहयोगी संस्था बागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाललाइ धन्यवाद दिए । उनले आगामी दिनहरुमा पनि जोखिममा रहेका बालबालिका तथा घरपरिवारलाई सहयोग गरिदिन आग्रह समेत गरे ।
न्यानो कम्बल पाएर खुशी लागेको पर्सा–२ की लाभान्वित दौलतीया देवीले बताईन् । उनले योसहयोगी संस्था तथा स्थानीय सरकारलाई धेरै धेरै धन्यवाद छ दिईन् ।
जसको केही छैन उसले पाएको र यो जाडोसँगै आगामी वर्षमा पनि कम्बल प्रयोगमा आउने गाउँपालिकाका महिला तथा बालबालिका शाखाका फोकल पर्सन चन्दा यादव बताईन् ।