राजु लो तामङ, काठमाडौं ।।
माघ २३ गते ।। बुद्ध जन्मभूमिमा हिन्दू रामकथा प्रवचन कार्यक्रम रोक्न नेपाल तामाङ घेदुङले आग्रह गरेको छ । महामानव भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहल परिसरभित्र हिन्दू रामकथा प्रवचन कार्यक्रम नगर्न घेदुङले एक प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो ।
त्यहाँ भारतीय हिन्दू धर्मगुरू मोरारी बापुबाट माघ २१ गतेदेखि दिइने भनिएको प्रवचन स्थगित पछि पुनः माघ २४ गतेदेखि सञ्चालन गर्ने तयारी छ । घेदुङले विज्ञप्तीमा भनेको छ, – ‘लुम्बिनी विकास कोषले सभाहल भाडामा लगाउन पाउने र जो कोहीले रकम बुझाएर उक्त हल प्रयोग गर्न पाउने संस्थागत व्यवस्था भएपनि लुम्बिनी परिसरभित्रै हिन्दू रामकथा प्रवचनको आयोजना गर्नु हिन्दूकरणको एउटा गम्भीर षडयन्त्रको श्रृङ्खला र कुनै न कुनै ढंगबाट बौद्ध धर्मप्रति अतिक्रमण गर्न खोजिएको हो ।’
घेदुङले यसअघि पनि लुम्बिनीलाई हिन्दूकरण गर्न कहिले लुम्बिनी विकास कोषमा गैर बुद्धिष्टलाई पदाधिकारीमा नियुक्त गर्ने कहिले सिद्धार्थ चौकमा बुद्धको मूर्ति हटाई देवकोटाको सालिक स्थापना गर्ने र कहिले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा खादाको सट्टा ढाकाको गलबन्दी प्रयोग गरी संघीय सरकारदेखि स्थानीय सरकार र लुम्बिनी विकास कोषले षडयन्त्र गर्दै आएको समेत स्मरण गराएको छ ।
नेपाल तामाङ घेदुङका कार्यवाहक महासचिव जगतमान लामा दोङद्वारा आज जारी प्रेस विज्ञप्तीमा लुम्बिनी परिसरभित्र आयोजित बौद्ध धर्मसँग असम्बन्धित हिन्दूगुरूबाट दिइने रामकथा प्रवचनले विश्व सम्पदामा सूचिकृत तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र आस्थाको केन्द्र लुम्बिनीलाई प्रवद्र्धन गर्न कुनै टेवा नपु¥याउने र यसले धार्मिक रूपमा बौद्ध धर्ममाथि ठाडो हस्तक्षेप हुनजाने प्रष्ट पारेको छ ।
तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङले लुम्बिनी परिसरभित्र आयोजना गर्न लागिएको रामकथा प्रवचन कार्यक्रमलाई समय छँदै अन्यन्त्र सार्न आग्रह गरेको छ । साथै लुम्बिनी विकास कोषले आगामी दिनमा उक्त सभाहल बौद्ध धर्मसँग सम्बन्धित कार्यक्रम बाहेक अन्य प्रयोजनका लागि भाडामा नदिन समेत अनुरोध गरेको छ ।
घेदुङको मागलाई बेवास्ता गरी अतिक्रमणकारी उद्देश्यले जबर्जस्त यस्ता कार्यक्रमको आयोजना गरिए त्यसको विरुद्ध सशक्त प्रतिकार गर्न बाध्य हुने समेत चेतावनी दिएको छ । यस सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ, बौद्धमार्गी संयुक्त संघर्ष समिति, नेपाल मगर बौद्ध सेवा समाज, मंगोल नेसनल अर्गनाइजेसन, धर्मोदय सभा र थारु बौद्ध समाज लगायतका संस्थाले प्रेस विज्ञप्ती जारी गरी विरोध जनाइसकेको छ भने संस्कृति तथा पर्यटन मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेको छ ।