राजु लो तामाङ, हरिवन ।।
माघ २३ गते ।। सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको स्प्रे हाउसमा आगलागि हुँदा अन्दाजी ४०/४५ लाखको क्षति भएको छ ।
देशकै ठुलो मानिएको चिनी उद्योगको स्प्रे हाउसमा सोमबार दिउँसो अन्दाजी पौने १२ बजेतिर आगलागि भएको थियो ।
आगलागिबाट स्प्रे हाउसमा प्रयोग भएका तारसहित स्प्रे हाउसको हुट र विद्युतीय सामाग्रीहरु जलेर नष्ट भएको छ । त्यस्तै आगलागिबाट स्प्रे हाउसको छेउमै रहेको ट्याक्टरको केही भाग समेत जलेको छ ।
उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालले आगलागि भएको जानकारी पाउन साथ हरिवन नगरपालिकाबाट बारुण यन्त्र झिकाई आगो नियन्त्रणमा लिईएको बताए ।
उद्योगबाट निस्किएका बकासमा समेत आगो फैलिन सुरु भईसकेकोले आगो नियन्त्रणमा ल्याउन भने झण्डै एक घण्टा समय लागेको थियो । आगो उद्योगमा कार्यरत मजदुर, नगर प्रहरी र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।