भाइरल पोष्ट संवााददाता,जनकपुर ।।
शिक्षकको माग गर्दै धनुषाको बटेश्वर गाउँपालिका विरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
पाँच महिनादेखि शिक्षक अभावमा पढाई नभएको भन्दै आइतबार बटेश्वर गाउँपालिका– १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रदर्शन गरेका छन् । गत भदौदेखि अंग्रेजी, विज्ञान र सामाजिक विषय विद्यालयमा पढाई नहुँदा आक्रोशित भएका विद्यार्थीहरु वडा कार्यालय घेराउसमेत गरेका थिए । कार्यालयमा जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले स्थानीय जनप्रतिनिधि विरुद्ध नाराबाजी गर्दै वडा कार्यालय अगाडि सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेका थिए । प्रधानाध्यापक श्याम सिंहले आफू शिक्षक व्यवस्थापन गर्न नसक्ने जवाफ दिएपछि बाध्य भएर आन्दोलन गरेको विद्यार्थीहरुले बताएका छन्। लामो समयदेखि वडा अध्यक्ष र प्रधानाध्यापकसंग विषयगत शिक्षक माग गरिरहेका छन् ।
एसइई परीक्षा हुन ढेढ महिना मात्र बाँकी रहँदा पनि यी तीन विषय विद्यालयमा पढाइ हुन सकेको छैन् । राजनीतिक खिचातानीले विद्यालय व्यवस्थापन समितिविहीन छ । सोही कारण शिक्षक भर्ना हुन सकेको छैन । पालिका प्रमुख रामअशिष महतोले पनि शिक्षक पूर्ति गर्न चासो लिएका छैनन् । विद्यार्थीले उनलाई शिक्षक अभाव बारे ध्यानाकषर्ण गराएका थिए । तर उनले पनि विभिन्न बहाना बनाउँदै पञ्छिने गरेको विद्यार्थीहरुको गुनासो छ ।