भाइरल पोष्ट, धनुषाा ।।
माघ २२ गते ।। माघ २२ गते ।। नेपाल नगरपालिका कर्मचारी एसोसियसनले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत आज मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई पनि सम्मान गरेको छ ।
केन्द्रीय कार्यक्रम अनुसार नै एसोसियसनका पदाधिकारी तथा सम्बद्ध कर्मचारीहरुको टोलीले राजधानी जनकपुर पुगेरै मुख्यमन्त्री यादवलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन् ।

एसोसियसनका मधेश प्रदेश अध्यक्ष आलोक शर्मा, उपाध्यक्ष गोविन्द राय, केन्द्रीय उपाध्यक्ष जमुना घिमिरे, उपमहासचिव चित्र बहादुर विश्वकर्मा, केन्द्रीय सदस्य भिम विश्वकर्मा, राजेन्द्र ठाकुर, एसोसियसनका सर्लाही अध्यक्ष अनिल गुप्ता, सदस्य दिपक श्रेष्ठ लगायतको टोली मुख्यमन्त्री कार्यालयमा पुगी मुख्यमन्त्री रायलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्रीलाई सम्मानपत्रबाट सम्मान गरेको एसोसियसनका केन्द्रीय उपमहासचिव चित्र बहादुर विश्वकर्माले जानकारी दिए । उपमहासचिव विश्वकर्माका अनुसार एसोसियसनका तर्फबाट मुख्यमन्त्रीलाई बधाई तथा सम्मान व्यक्त गर्दै कर्मचारीका केही मागहरु समेत राखिएको छ ।
उनीहरुले प्रदेश सरकारले आगामी दिनमा निर्माण गर्ने स्थानीय तहका कर्मचारी व्यवस्थापन सम्बन्धी कानूनमा स्थानीय तहका कर्मचारीहरुको ट्रेड युनियन अघिकारसहितको पेशागत सुरक्षा एवम वृति विकासका अवसर सिर्जना हुने अपेक्षा मुख्यमन्त्री समक्ष राखेका थिए ।