भाइरल पोष्ट,काठमाडौं ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अहिले माओवादी आन्दोलनको मुद्दाको वरिपरि रहेको बताएका छन् ।
आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनले जित हासिल गरेको बताएका हुन् ।
‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ’ प्रचण्डले भने, ‘तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग ग¥यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन ।’ प्रधाननमन्त्री प्रचण्डले माओवादी आन्दोलनकै कारण महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख बनेको पनि बताए ।