भाइरल पोष्ट, चन्द्रनगर ।।
माघ १४ गते ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका चार ओटा वडाका झण्डै पौने तीय सय बढी एकल महिलाहरुलाई फाईवरको सिरक वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको पहलमा शुक्रबार र शनिवार दुई दिन लगाएर कठ्यांग्रिदो चिसोबाट प्रभावित एकल महिलाहरुलाई फाइबरको सिरक वितरण गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
चिसो प्रभावित नागरीकलाई राहत दिन गाउँपालिकाबाट विनियोजित बजेटबाट ती महिलाहरुलाई सिरक वितरण गरिएको गाउँपालिका अध्यक्ष महतोका स्वकीय सचिव उमेश साहले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाभित्रका सबै एकल महिलालाई फाइबरको सिरक वितरण गर्ने लक्ष्य राखिएको भएपनि बजेट अपुग भएपछि टेवा धापाखेलको र भोर जनकपुरसँग समन्वय गरी गाउँपालिका भित्रका सबै ९ सय ७० जनालाई नै फाइबरको सिरक वितरण गरिनेछ ।
स्वकीय सचिव साहले दिएको जानकारी अनुसार शनिवार गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामा वडा नं. ४ पोखरीया र वडा नं. ६ कामदमा न्यानो फइबर सिरक वितरण गरिएको छ । वडा नं. ४ मा करिब १ सय बढी र वडा नं. ६ मा झण्डै १ सय २५ जना एकल महिलाहरुलाई न्यानो सिरक प्रदान गरिएको छ ।
न्यानो सिरक अहिले सम्म ४ वटा वडामा वितरण भैसकेको र बाँकी रहेको ३ वटा वडामा पनि वितरण गरिने छ । आइतवार पनि विभिन्न वडामा सिरक वितरण हुने अध्यक्ष महतोको स्वकीय सचिव साहले बताए ।