भाइरल पोष्ट, हरिपुर्वा ।।
माघ १२ गते ।। सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि हातपात भएको छ । कार्यालय सहयोगी भर्नाको बिषयलाई लिएर नगरका केही वडाअध्यक्षहरुको समूहले मेयर विनोद कुमार साहकै कार्यकक्षमा हातपात गरेका छन् ।
कार्यालय सहयोगी भर्नाको विषयलाई लिएर केही दिन देखि त्यहाँ जनप्रतिनिधीहरुबीचमै असन्तुष्टी बढेको थियो । नगरमा स्थिती तनावमय भइसकेको थियो । असन्तुष्ट वडाध्यक्षहरुले मेयरकै कक्षमा प्रमुख प्रशासकीय अधिकृत न्यापानेमाथि हातपात तथा गाली बेइज्ती गरेको नगरपालिकाका एक कर्मचारीले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि हातपात तथा दुव्र्यवहारको विषलाई लिएर त्यहाँका कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै नगरको सम्पूर्ण कामकाज ठप्प पारेका छन् । उनीहरुले प्रमुख प्रशाकिय अधिकृत न्यौपाने माथी भएको हातपात तथा दुव्र्यवहारको घोर भत्र्सना गर्दै दोषीलाई तुरुन्त कार्वाही गर्न माग गरेका छन् । उनीहरुले दोषी उपर कार्वाही नभएसम्म नगरपालिकाभित्र रहेको सम्पुर्ण कार्यालायमा आवश्यक कार्य बाहेक सबै कामकाज ठप्प पार्ने जनाएका छन् ।
यसरी भएको थियो घटना
प्रमुख प्रशासकीय अधिकृत मेयर विनोद कुमार साहको कार्यकक्षमा बसेर कार्यसम्पादन गरिरहेका थिए । सोही समयमा त्यहाँ लोसपाबाट निर्वाचित वडा नम्वर का वडाध्यक्ष दिनेश राय, जसपाबाट निर्वाचित वडा नम्वर ३ का वडाध्यक्ष प्रमोद राय, नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष नोखेलाल राय, जसपाबाट निर्वाचित वडा नम्बर ७ का वडाध्यक्ष उमेश राय तथा वडा नम्वर ६ का वडाध्यक्ष रामस्वार्थ राय प्रमुख प्रसासकीय अधिकृत भएको ठाउँमा पुगे ।
वडाअध्यक्षहरुमध्ये जसपाबाट निर्वाचित वडाध्यक्षहरु रामस्वार्थ राय, उमेश राय र प्रमोद रायले कार्यालय सहयोगी भर्नाको बिषयलाई लिएर प्रमुख प्रसासकीय अधिकृत न्यौपानेसँग विवाद गर्न थाले । विवादकै क्रममा उनीहरुले प्रमुख प्रसासकीय अधिकृतमाथि हातपात तथा गाली बेईज्जती गरे । त्यहाँका कर्मचारीहरुले नगरप्रमुख विनोद कुमार साहलाई बुझाएको विज्ञप्तीमा उल्लेख छ ।
हातपात तथा गाली बेईज्जतीमा संलग्न वडा नम्बर ६ का वडाअध्इक्ष रामस्वार्थ राले कार्यालय सहयोगीको भर्ना तथा प्रमुख प्रशासकिय अधिकृतले बिदामा बसेको दिनको पनि हाजरी रजिस्टरमा हाजिरी गरेको बिषयमा सोधपुछ गर्दा तिमी को हो सोधपुछ गर्ने भनी हप्काएको बताए । उनले भने,‘मसहित हाम्रो टोलिले कुराकानी मात्रै गरेको हो । कुनै किसिमको हातपात र गाली ब्यजती गरेका छैनौं ।’