भाइरल पोष्ट, हरिवन ।।
माघ ७ गते ।। हरिवन नगरपालिकाका संस्थापक मेयर गणेश प्रसाईलाई पितृ शोक परेको छ । उनका बुबा ज्ञान प्रसाद प्रसाईको ८२ वर्षको उमेरमा शुक्रबार राति अचानक निधन भएपछि उनी पितृ शोकमा परेका हुन् ।
शुक्रबारसम्म सकुशल रहेका उनको बुवाको सोही राती २ बजे अचानक मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक ज्ञान प्रसादको शनिवारै वैदिक विधिअनुरुप बागमती नदीमा दाहसंकार गरिएको छ । उनलाई छोराहरु गणेश प्रसाई, कुमार प्रसाई र नारायण प्रसाईले दागवत्ती दिएका छन् ।
उनको जन्म विस १९९७ सालमा रामेछाप जिल्लाको पकरवासमा बुवा स्व.नन्दलाल प्रसाई र आमा स्व.खड्गकुमारी मैनाली प्रसाईको सुपुत्रको रुपमा भएको थियो । उनी प्रसाई परिवारका १३औं पुस्ताका सदस्य भएको प्रसाई वंशावृक्षमा उल्लेख छ ।