भाइरल पोष्ट, हरिवन ।।
माघ ७ गते ।। ‘स्थानीय सेवा, स्थानीय सरकार, संवैधानिक कानूनमा ट्रेड युनियन अधिकार’ भन्ने नाराका साथ नेपाल नगरपालिका कर्मचारी एसोसियसनको मधेश प्रदेश र सर्लाही जिल्ला अधिवेशन शनिबार सर्लाहीमा सम्पन्न भएको छ ।
जिल्लाको बागमती नगरपालिका १ मिलनचोकस्थित सीता प्यालेस होटलमा एसोसियसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले एसोसिएसनको विद्यानतः १५ सदस्यीय प्रादेशिक कमिटी र १७ सदस्यीय सर्लाही जिल्ला कमिटी चयन गरेको छ । एसोसिएसनको मधेश प्रदेश प्रादेशिक कमिटीको अध्यक्षमा अजय शर्मा, उपाध्यक्षमा गोविन्द राय, सचिवमा शरद लाभ, कोषाध्यक्षमा शुशिला रौनियार, सह– सचिव नरोत्तम अधिकारीलाई चयन भएका छन् ।
त्यसैगरी प्रादेशिक कमिटीको सदस्यहरुमा निर्मलादेवी पासवान, मोहन दास, वसो यादव, राम कुमार यादव, सन्तोष गदाल, सरोज कुमार लाल दास, उमेश कुमार लाल दास, चन्द्र किसोर यादव, विक्रम नगरकोटी र धगन बुढाथोकि चयन भएका छन् ।
त्यस्तै एसोसिएसनको अधिवेशनले अनिल गुप्ता अध्यक्ष रहेको १७ सदस्यीय कमिटी सर्लाही जिल्ला कमिटी समेत गठन गरेको छ । जिल्लाका २० मध्ये १७ ईकाई कमिटीका प्रतिनिधिहरुमध्येबाट पदाधिकारी चयन गरिएको हो । नव गठित कमिटीको सचिवमा अशोक गुप्ता, कोषाध्यक्षमा रामध्यान राय चयन भएका छन् । त्यस्तै जिल्ला कमिटी सदस्यहरुमा क्रमश शुशिला रौनियार, सुर्य प्रसाद मैनाली, फौद सिंह घिसिङ्ग, सुरेन्द्र सिंह दनुवार, किरण चौधरी, अजवलाल राय, दिनेश राय, रामाज्ञ बैठा, विजय महतो, देवनाथ राय,राजेन्द्र राय, रामवावु राउत र सुनिल कुमार यादव चयन भएका छन् ।
अधिवेशनमा बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पना कुमारी कटुवाल, वागमति नगरपालिकाकी उप–प्रमुख लिला कुमारी मोक्तान, हरिवन, बरहथवा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत मदन बहादुर थापा, हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी केन्द्रीय श्रोत व्यक्ती पार्वती विश्वकर्मा, एसोसियसनका केन्द्रीय सल्लाहकार समितिका संयोजक ईन्द्र अधिकारी र हरिवन ९ का वडा अध्यक्ष कोकीलानन्द उप्रेती लगायतको विशेष आतिथ्यता रहेको एसोसिएसनका केन्द्रीय उपमहासचिव चित्र बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रमुख अतिथी, विशेष अतिथि लगायतका वक्ताहरुले नवगठित पदाधिकारीहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।