भाइरल पोष्ट, लालबन्दी ।।
पौष २९ गते ।। शुक्रबार साँझ सर्लाही प्रहरीले मापदण्ड विपरीत लखनदेही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन् गरी लोड गरिरहेका टिपर र जेसिवी चालकसहित नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित ७ नम्बर टोल नजिकै लखनदेही खोलामा मापदण्ड विपरीत गिट्टी बालुवा उत्खनन् गरि लोड गरिरहेको अवस्थामा ९ ओटा टिपर र २ ओटा जेसिवीसहित टिपर र जेसिवीका चालकहरुलाई समेत नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको अवैध उत्खनन्मा संलग्न ना ७ ख २६६५ नम्बरको टिपर र यसका चालक हेटौडा उप .न.पा– १९ बस्ने वर्ष ३१ को जिवन ठकुरी, ना ७ ख ८९२१ नम्बरको टिपर र चालक हेटौडा उप .न.पा –१९ बस्ने वर्ष ५२ को धाना बाहदुर लामा, ना ७ ख ५९९५ नं.को टिपर र चालक हेटौडा उप .न.पा –१९ बस्ने वर्ष ३३ को सरोज पुरी, ना ७ ख ५४५६न.को टिपर र चालक जिल्ला मकवनानपुर मानारी गा.पा– ७ बस्नेवर्ष ३१ को मिलन थापा, ना ७ ख ६४३९ न.को टिपर र चालक मकवनानपुर मानारी गा.पा –४ बस्ने वर्ष ३१ को आयुश प्रजा, ना ७ ख २९८५ नम्बरको टिपर र चालक मकवनानपुर मानारी गा.पा –४ बस्ने वर्ष ३४ को सुरेश प्राजा, ना ७ ख ६७८९ न.को टिपर र चालक हेटौडा उप .न.पा –१० बस्ने वर्ष २७ को अमिर अनशरी, प्र–२–०३–००१ख ४२४३ नं.को टिपर र चालक जिल्ला बारा निजगंड ना.पा ४ बस्नेवर्ष २५ को विशल सपकोटा र प्र–२–०३–००१ख०२०१ नं. को टिपर र चालक उदयपुर ना.पा.कटारी वडा न.७ बस्ने वर्ष ४२ कोइन्द्र बाहदुर दुनुवार रहेका छन् ।
त्यसैगरी ती टिपरहरुमा गिट्टी बालुवा लोड गर्नमा संलग्न झापा कान्कई न.पा २ बस्ने वर्ष ३९ को गणेश न्यौपानेले चलाएको जेसिवी र सिराह धनगडी न.पा. बस्ने वर्ष ३५ सन्तोष कुमार चौधरीले चलाएको जेसिवीसहित उनीहरुलाई पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नियन्त्रणमा लिइएका टिपर, जेसिवी र चालकहरुलाई ईलाका प्रहरी कार्यालय ल्याई कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनुभयो ।