भाइरल पोष्ट, बरहथवा ।।
पौष २७ गते ।। सितलहरबाट हुने जोखिमबाट वचन र बालबालिकाहरुको स्वास्थ्य तथा शिक्षामा कुनै नकारात्मक असार पर्न न दिने उदेश्यले समाजिक अभियानता श्याम जी यादव (सुन्दर श्याम राय) को पहलमा आज आज पनि बालबालिकालाई न्यानो स्वीटर वितरण गरिएको छ ।
राज हिजियारी विरगन्जको सयोगमा बाल कल्याण समाज सर्लाहीले श्री आधारभुत विद्यालय बरहथवा –१५ हरपुर सर्लाहीमा अध्ययनरत २५ जना गरिब, दलित, बिपन्न र जेहेन्दार बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गरेको हो ।
बालबालिकाहरुलाई संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा मानव अधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्र, वि.व्य.स.का अध्यक्ष धुपा कुमार यादव, प्रा.वि.हिरापुरका प्र.अ. कृष्ण कान्त रायको आतिथ्यतामा न्यानो स्वीटर वितरण गरिएको सो विद्यालयका प्रधानाध्यापक किरण यादव जानकारी दिनुभयो । स्वीटर वितरण कार्यक्रममा विद्यालयका अन्य शिक्षकशिक्षिका तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमपछि स्विटर पाएर बालबालिकाहरु ठूलो राहत पाएको जाडोको कारण अब बिद्यालय आउनबाट बन्चित न हुने प्रतिकृया त्यहाका शिक्षक कर्मचारीहरुवकहरुले दिएका थिए भने बालबालिकाहरु खुशी हुदै आउने दिनहरुमा फेरि यस्तै कार्यक्रमहरु ल्याउन अनुरोध गर्दै सहयोगी संस्था राज होजियारी र आयोजक संस्था बाल कल्याण समाज सर्लाहीलाई धन्यवाद दिएका थिए ।