सोम दियाली, लालबन्दी ।।
पौष २७ गते ।। पुस २२ गतेबाट सुरु भएको लालबन्दी नगरपालिकाको नवौं नगर अधिवेशनले संसदीय अभ्यासको झल्को दिएको छ ।
नगरका हरेक निर्णयहरु नगर अधिवेशनबाटै पास गर्नुपर्ने प्रावधान भएपनि अधिकांश पालिकाहरुले त्यसो गरेको पाईंदैन । तर जिल्लाकै ठुलो लालबन्दी नगरपालिकाले भने नवौं नगर अधिवेशनबाट त्यसको सुरुवात गरेको छ । संसद भवनभित्र देखिने दृष्यहरु नै लालबन्दीको नवौं नगरअधिवेशनमा देखिएको छ ।
यसरी नगर अधिवेशन गर्दा फरक अनुभूति भएको दोश्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित लालबन्दी १५ नम्बरका वडा अध्यक्ष गोरख बलले बताउनुभयो । ‘खै पहिले पनि नगर अधिवेशन हुने गरेको थियो । तर अहिले भएको जस्तो थिएन । अहिलेको जस्तो त हामीले संसद भवनभित्र मात्रै देख्ने गरेका थियौं । यसरी गरिएको अधिवेशन नै सभ्य लाग्यो ।’, वडा अध्यक्ष बलले भन्नुभयो, ‘हामीले नजानेर रहेछ । अहिलेका प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई राम्रो अनुभव रहेछ । उहाँले नगरअधिवेशनलाई संसदीय अधिवेशनको ढाँचामा सञ्चालन गरेर हामीलाई पनि सिक्ने मौका दिनुभयो ।’
यसरी गरिने अधिवेशनले नगरको गरिमा नै बढाएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले बताउनुभयो । ‘सरकारको नीति, नियम तथा कानूनलाई कार्यान्वयन गर्ने गराउने जिम्मेवारी कर्मचारीको हातमा हुने पनि बताउनुभयो । जनप्रतिनिधिलाई सबै कुरा थाहा हुन्छ भन्ने छैन । कर्मचारीले नै सम्पूर्ण कुराको व्यवस्थापन गर्ने र सोही अनुसारको वातावरण बनाउनु पर्ने रहेछ ।’ वडाअध्यक्ष थापाले भन्नुभयो ।
उहाँ जस्तै अधिवेशनमा सहभागि अधिकांश जनप्रतिनिधिहरुले फरक अनुभूति गरेको बताउनुभयो । उहाँहरुले लालबन्दी नगरपालिकाको नगरअधिवेशनमा संसदीय अभ्यास सुरु भएकोमा खुशि लागेको बताउनुभयो ।
अधिवेशनको दोश्रो वैठकले विभिन्न ६ ओटा विध्येक पास ग¥यो
संसदीय अधिवेशनकै ढाँचामा सुरु भएको नवौं अधिवेशनको पहिलो बैठकमा पेश भएका विभिन्न ६ वटा विधेयक पास भएको छ । पुस २२ गते भएको विध्येयकमाथि आज २७ गते दोश्रो बैठकमा विध्येयकमाथि दफावार छलफल गरि पास गरिएको अधिवेशनका सभाध्यक्ष तथा नगरप्रमुख बासुदेव अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अधिवेशनको पहिलो वैठकमा संस्था दर्ता विधेयक, सावारी तथा यातायात विधेयक, फोहोर मैला व्यवस्थापन विधेयक, जलश्रोत संरक्षण तथा व्यवस्थापन विधेयक, भू–उपयोग विधेयक र नगरको संगठन तथा व्यवस्था सर्वेक्षण प्रतिवेदन २०७९ प्रतिवेदन निर्णायर्थ पेश भएकोमा दोश्रो बैठकले दफवार छलफल गरी सर्वसम्मत पास गरेको हो ।
त्यस्तै अधिवेशनको दोश्रो वैठकमा थप तीन ओटा विध्येयक निर्णायर्थ पेश भएको छ । दोश्रो वैठकमा खेलकुद व्यवस्थापन विधेयक २०७९, आन्तरिक कार्य प्रणाली नियन्त्रण विधेयक २०७९ र नगरपालिकाको भवन निर्माण तथा नियम मापदण्ड २०७९ छलफलका पेश भएका हुन् । वैठकमा पेश भएका ३ ओटा विध्येयकमाथि पुस ३० गते वस्ने तेश्रो वैठकमा दफावार छलफल हुने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
लागि प्रस्तुत पुस ३० गते हुने दोस्रो बैठका लागि थप ३ वट विधेयक प्रस्तुत भएको लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले जानकारी दिनुभयो । उहाँले आज पास भएका विधेयकहरुलाई भने प्रमाणीकरण, अभिलेखिकरण तथा राजपत्रमा प्रकाशित गर्न निर्देशन दिईएको समेत बताउनुभयो ।