सोम दियाली, मलंगवा ।।
पौष २६ गते ।। सर्लाहीको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झ यतिबेला समाजिक कार्यमा खटि रहनु भएको छ ।
डा. झा रातको करिब साढे ८ बजे एउटा दाउरा पसलमा दाउरा किन्दै गाडिमा राख्दै गरेको दृश्य देख्दा हामीले उहाँलाई प्रश्न ग¥यौ । जवाफमा उहाँले सितलहर तथा चिसोसँग जुधिरहेका विपन्न समुदायमा आगो ताप्ने व्यवस्थाका लागि दाउरा किन्न लागेको जवाफ दिनुभयो ।
डा. झाले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर चिसो प्रभावितहरुलाई आगो ताप्न वितरण गरिरहनुभएको हो । उहाँले मलंगवा नगरपालिको गणेशिया, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक–चौक तथा मुसहर बस्तीमा शितलहरबाट प्रभावित वस्तीहरुमा पुगेर दाउरा वितरण गर्नुभएको छ ।
देशभर अहिले तामक्रम निरन्तर घटीरहेको छ । सर्लाहीमा अहिले ७ डिग्री सेलसियसभन्दा कम तापक्रम छ । त्यसमा पनि बाक्लो हुस्सु र शितलहर चलिरहेको छ । विपन्न समुदायका मानिसहरुसँग जाडोमा लगाउने न्यानो लुगा समेत छैन । त्यसैले आगो तापेर भएपनि जाडोमा राहत महसुस गरुन भनेर दाउरा वितरण गरेको डा.झाले बताउनुभयो । यति मात्र हैन उहाँले आर्थिक समस्यासँग जुधिरहेका विपन्न परिवारमा रहेका अपाङ्गता भएको व्यक्तिहरुलाई न्यानो कम्बल र जुता समेत वितरण गर्नुभएको छ । डा. झाले समाजसेवी शिवनाथ राउत कहारको अनुरोधमा ब्रह्म्पुरी गाउँपालिका वडा नं. ५ मा दुष्टिविहिन र अपाङ्गता भएको व्यक्तिहरुलाई कम्बल र जुता वितरण गर्नुभएको छ ।
यसैगरी उहाँले भोली बुधवार कविलासी नगरपालिकाको सलेमपुरमा ५० जना विपन्न परिवारमा चिसोबाट जोगाउँन बल्यांकेट वितरण गर्दैहुनुहुन्छ । भोली बुधबार मुसहर परिवार, अपाङ्गता भएको परिवार र एकल महिलालाई प्रति परिवार १ थान बल्यांकेट वितरण गर्ने डा. झाको योजना रहेको हामीलाई जानकारी दिनुभयो । डा. झा निरन्तर रुपमा विपन्न परिवारका बालबालिकाहरुको निःशुल्क उपचार समेत गरिरहनु भएको छ । औषधी किन्न पैसा नहुने व्यक्तिलाई त उहाँले आफनो व्यक्तिगत खर्चमा औषधी समेत किनेर वितरण गरिरहनुभएको छ । डा. झा बालरोग विशेषज्ञ हुनुहुन्छ ।
डा. झाले आफुलाई समाजिक कार्य गर्दा सन्तुष्टी मिल्ने गरेको बताउनुभयो । आफुले कमाएको केहि अंश विपन्न नागरिकहरुमा लगानी गर्न पाउँदा खुसी लागेको भन्नुहुँदै उहाँ भन्नुहुन्छ,‘मैले सके जति विपद्को समयमा जोखिम न्युनिकरण गर्ने प्रयास गर्ने छु ।’
डा. झा को सामाजिक कार्यबाट विपन्न परिवारले राहत पाएको भन्दै आफू पनि उहाँको कामबाट प्रभावित भएको मानवअधिकारकर्मी मुकेश मिश्राले बताउनुभयो । ‘गाउँगाउँमा सिंहदरवार त आयो तर विपन्न तथा दलित नागरिकको अवस्था फेरिएको छैन, समाजिक सेवा गर्ने व्यक्ति विपद्को समयमा नआएको भए विपन्न परिवारमा निकैनै समस्या बढेने थियो’, मानवअधिकारर्मी मिश्राले भन्नुभयो,‘डा. झा जस्तै समाजिक सेवा गर्ने व्यक्तिले गर्दा विपन्न परिवारको समस्या केहि हदसम्म समाधान भएको छ, उनीहरुले राहत पाएका छन् ।’