भाइरल पोष्ट, मलंगवा ।।
पौष २६ गते ।। सितलहरका कारण बालबालिकाहरुको स्वास्थ तथा शिक्षामा कुनै नकारात्मक असार न परोस भन्ने उदेश्यले समाजिक अभियानता श्याम जी यादव (सुन्दर श्याम राय) को पहलमा आज न्यानो स्विटर वितरण गरिएको छ ।
सितलहर चले सङ्गै केही दिन देखि राज होजियारी विरगन्जको सयोगमा बाल कल्याण समाज सर्लाहीले विभिन्न गाउँका बालबालिकाहरुलाई न्यानो स्विटर वितरण कार्यलाई तिब्रता दिदै आएको छ । स्वीटर वितरण अभियानकै क्रममा आज नेपाल बाल सङ्गठन सर्लाही मलङ्गवा शाखा द्वारा संचालित छात्रावासमा बस्ने ११ जना टुहुरा र मलंगवा नगरपालिका. वडा न.२ का ४ जना गरि जम्मा १५ जना बालबालिकाहरुलाई एक कार्यक्रमको आयोजना गरि स्विटर वितरण गरेको छ ।
उक्त वितरण कार्यक्रमको आयोजना संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा म.न.पा.वाडा न. ८ र ९ का वडा अध्यक्ष मुकेश जैसवाल र चन्देश्वर राय, कार्यपालिका सदस्य रामनन्दन महतो,सीता मेस्तर, नेपाल राष्ट्रिय दलित समज कल्याण संघ सर्लाही सखाका अध्यक्ष राजेश पासवान , मानव अधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्र, समाजसेवी पंकज सह को आतिथ्य र ने. बा. स. सर्लाही का कर्मचारी बजरङ्ग सह र रामलखन महतो को उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रमपछि अब जाढोको कारणले बालबालिकाहरु बिद्यालय न जान बाध्य न हुने प्रतिकृया त्याहाका कर्मचारीहरुवकहरुले दिएका थिए भने बालबालिकाहरु खुशी हुदै सहयोगी संस्था राज होजियारी र आयोजक संस्था बाल कल्याण समाज सर्लाहीलाई धन्यवाद दिएका थिए ।