भाइरल पोष्ट, हरिवन ।।
पौष २५ गते ।। हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा हरिवन १ का रामबहादुर गोलेले २५ घर विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेका छन् ।
आफ्नी दिवंगत आमाको छैंठौं स्मृति दिवसका अवसरमा उनले हरिवन नगरपालिका १ अन्तर्गत सखुवनी पुलामी डाँडाका अत्ति विपन्न २५ घर परिवारलाई एक/एक थान न्यानो कम्बल वितरण गरेका हुन् ।
चिसो र शितलहरका कारण विपन्न परिवारको दैनिकी अत्यन्तै कष्टकर देखेपछि उनीहरुलाई थोरै भएपनि राहत दिने उदेश्यले न्यानो कम्बल वितरण गरेको गोलेले प्रतिक्रिया दिएका छन् ।
उनले हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानसहित वडा नम्बर १ का वडाअध्यक्ष टम बहादुर घिसिङ, लगायत अन्य युवाहरूको उपस्तिथिमा न्यानो कम्बल वितरण गरेको उपमेयर घलानका स्वकीय सचिव एकबहादुर तामाङले जानकारी दिए ।
न्यानो कम्बल पाएपछि पुलामी डाँडाका विपन्न परिवारहरु हर्षित भएका छन् । उनीहरुले आफूहरुलाई कम्बल उपलब्ध गराईदिने दाता रामबहादुर गोलेलाई धन्यवाद तथा उनकी दिवंगत आमा प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।