भाइरल पोष्ट, लालबन्दी ।।
पौष २५ गते ।। नेपाल स्वरोजगार व्यापार श्रमिक संघले लालबन्दीमा दिप प्रज्वलन गरी २१औं स्थापना दिवस मनाएको छ ।
‘सुनिश्चित कार्यस्थल, मर्यादित रोजगार, सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नारासहित लालबन्दी पश्चिम वसपार्कस्थित यात्रु प्रतिक्षालयमा सोमबार साँझ दिप प्रज्वलन गरी स्थापना दिवस मनाएको हो ।
संघमा आवद्ध लालबन्दीमा मकै पोलेर बेच्ने व्यवसायी आइतीमाया विश्वकर्माको अध्यक्षता तथा जिफन्ट मधेश प्रदेश सदस्य दिलीप साहको प्रमुख आतिथ्यतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज कमल पौडेल, संघकै लालबन्दी नगर अध्यक्ष पान पसल व्यवसायी रोशन बोहोरा, संघका पूर्व केन्द्रीय सदस्य ध्रुव ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन पछि सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी तथा संघका पदाधिकारी वक्ताहरुले मजदुर र व्यवसायीको सुरक्षाको लागि आफूहरुले सधैं आवाज उठाउँदै आएको बताए । उनीहरुले सुरक्षित तवरले काम गर्ने वातावरण निर्माण नहँुदा सम्म श्रमिकहरुको भविष्य सुनिश्चित हुन नसक्ने बताए ।
उनीहरुले आफूहरु पनि यो देशकै नागरीक भएकोले गरेर खान पाउनु पर्ने भन्दै आफूहरुले सुरक्षित तबरले स्वरोजगार गर्न पाउनुपर्ने बताए ।