प्रेमनाथ पौडेल, हरिवन ।।
पौष २३ गते ।। सर्लाहीको हरिवनमा पौडेल बन्धु प्रथम जिल्ला भेला तथा जेष्ठ बन्धु सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पौडेल सेवा समाज हरिवनको आयोजना तथा पौडेल बंश महासंघ सर्लाहीको संयोजनमा भेला तथा सम्मान कार्यक्रम हरिवन ४ स्थित गणेश मन्दिर परिसरमा सम्पन्न गरिएको हो ।
समाजका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता एवम पौडेल कुल पुजा विधि तथा बंशावली संकलन समिती मधेश प्रदेश संयोजक पण्डित कृष्णचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा ३० जना भन्दा बढी बन्धुत्वहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरिएको समाजका सचिब दुर्गाहरी पौडेलले बताउनुभयो ।
भेलामा पौडेल बन्धुहरुको चिनारी नेपालमा पौडेलहरुको आगमन र पौडेल बन्धुहरुले देशका समग्र बिकासमा पु¥याएको योगदान र हालसम्मको बर्तमान अबस्था कुलपुजा विधि बिधान लगायतको बारेमा चर्चा गरिएको थियो ।
एकै बंश र कुलका सन्तान भए पनि विभिन्न ठाउँमा बन्धुहरु छरिएर रहेकाले उनीहरुलाई एकताको मालामा गास्न विभिन्न समयमा १४÷१५ वटा बंशाबली निर्माण गरिएको तर पनि कतै न कतै केही त्रुटि र भुल भएकाले सबैलाइ एकत्रित गर्न नसकिरहेको अवस्थामा बंशाबली तयार गर्नमा सबै तह र तप्का तथा आ–आफ्नो गाउँठाउँबाट आफै जागरुक हुनु पर्ने अबस्था आएकोले भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपालको कुल जंनसंख्याको झन्डै १० प्रतिशत संख्या ओगटेको पौडेलहरुले एकत्रित हुन र एउटै मालामा गासिन नसक्दा आ–आफ्नै भाइ भाइ बिच पनि सम्बन्ध टाढिएको र आफ्नै दाजु भाइ र दिदी बहिनीका सन्ततीमा समेत बिहावारि हुने अबस्था आई सकेकाले त्यस्ता क्रियाकलापलाई रोक्न बन्धुको आर्थिक सामाजिकका साथै बृतिबिकाशको लागि बशांबली तयार र बन्धुहरुको पहिचान दिलाउन संगठनको आबश्यक्ता रहेको बक्ताहरुले बताएका थिए ।
नेपालसहित बिश्वका २७ देशमा छरिएर रहेका पौडेलहरु नेपालमा मात्रै २७ लाख र विश्वमा ३५ लाखको हाराहारीमा पौडेलहरु रहेको पौडेलहरुको सोधखोज र अनुसन्धानमा लागेका जानकारहरुको भनाई छ ।
यसैबिच शनिवार भएको जिल्ला भेलाको अवसर मा ७५ बर्ष पार गरेका ३० जना आमा बुबा, लाई दोसल्ला र ढाकाटोपी पहिराउनुको साथै पौष्टिक आहार हर्लिक्स प्रदान गरि सम्मान गरिएको छ ।
यसैगरि कुलपुजा मन्दिर निर्माण गर्नको लागि १ कठा जमिन निःशुल्क प्रदान गर्ने गायत्री पौडेल, दुर्गाहरि पौडेल, त्यस्तै २०७४ को स्थानिय निकायको निर्बाचनमा निर्बाचित भएर पौडेल बन्धुहरुको हकहितको काममा विशेष योगदान पुर्याउनु हुने जिल्ला समन्वय समिती सर्लाही कि पुर्बउपप्रमुख जमुना पौडेल पराजुली, हरिवन नगरपालिका कि पुर्ब नगर उपप्रमुख रेनुका कुमारी पौडेललाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको समाजका सदस्य नानिराम पौडेलले बताउनुभयो ।
भेलामा पौडेल बन्धु ,कुलपुजा पद्दती बंशाबली निर्माण लगायतको बारेमा दधिराम पौडेल ,देबराज पौडेल गोबिन्द्द पौडेल सन्तोष पौडेल जमुना पौडेल लगायतले पौडेल बंशको ईतिहास लगायतको बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
यसैबिच भेलाले सर्लाही जिल्लामा छरिएर रहेका पौडेल बन्धु हरुको पहिचान बंशाबली तयार र एकताको मालामा गास्दै उनीहरुको आर्थिक सानाजिक तथा बृतिबिकास् लगायतमा टेवा पुर्याउने उदेश्यले केदारनाथ पौडेलको अध्यक्षता मा १७ सदस्यीय पौडेल सेवा समाज सर्लाही गठन गरेको छ ।
जस्को उपाध्यक्ष जमुना पौडेल, सचिबमा रेनुका पौडेल सहसचिबमा देबराज पौडेल कोषाध्यक्षमा दुर्गाहरी पौडेल र सदस्य हरुमा प्रेमनाथ पौडेल ,केशबराज पौडेल ,रुद्रप्रसाद पौडेल ,कृष्ण पौडेल ,सन्तोष पौडेल ,माधब पौडेल जनकराज पौडेल उद्दब पौडेल दधिराम पौडेल बाबुकाजी पौडेल र कमल पौडेल रहनु भएको नवनिर्बाचित पौडेल सेवा समाज सर्लाहीका कोषाध्यक्ष दुर्गाहरी पौडेलले जानकारी दिनुभयो ।