भाइरल पोष्ट, मलंगवा ।।
पौष २२ गते ।। जिल्लाको सिमावर्ती पर्सा गाउँपालिकामा बाल संरक्षण योजनाको लागि दुई दिने कार्शाला गोष्ठी सम्पन्न भएको छ ।
वल्र्ड भिजनको आर्थिक सहयोग तथा पर्सा गाउँपालिकाको समन्वयमा बागमती सेवा समाज नेपालले बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजना अन्तर्गतस दुई दिने गोष्ठी सञ्चालन गरेको हो । उक्त गोष्ठी हिजो(पौष २१ गते) सुरु भइर आज(पौष २२ गते) सम्पन्न भएको हो ।
पर्सा गाउँपालिकाले बाल अधिकार सम्बन्धि कार्यविधि यस अघि नै निर्माण गरिसकेको छ । गोष्ठीमा सो कार्यविधिलाई कार्यन्वयन गर्न बाल संरक्षणका ३० भन्दा बढी विषयहरूमा कार्यक्रम सम्पन्न गर्ने समय सिमा र लागत अनुमान सहितको कार्य योजना खाका निर्माण गरिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको ३० करोड भन्दा बढी बार्षिक बजेट मध्ये १५ लाख ३० हजार छुट्याइएको छ । सो खेस्रा कार्य योजनाले ८६ लाख भन्दा बढी लागत अनुमान तयार गरेको छ ।
कार्यशालामा पालिकाका अध्यक्ष, उपाध्यक्ष, पालिकाका एउटा वडाका वडा अध्यक्ष बाहेक सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सबै सदस्यहरू, महिला तथा बालबालिका शाखाका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, बाल अधिकार समितिका सदस्यहरू बाल सञ्जालका प्रतिनिधि, स्थानीय प्रहरी चौकी प्रमुख लगायतको सहभागिता थियो ।
गोष्ठीलाई बाल अधिकार विज्ञ मधु दवाडीले सहजिकरण गर्नु भएको स्पोन्सरसीप परियोजना संयोजक प्रमेश बादेले जानकारी दिनुभयो ।