भाइरल पोष्ट, हरिपुर ।।
पौष २१ गते ।। सर्लाहीको हरिपुर २ का सुर्य बहादुर श्रेष्ठले लालबन्दीबाट हराएकी आफ्नी वृद्धा श्रीमतीको खोजी गरिदिन आग्रह गरेका छन् ।
सीता श्रेष्ठ नाम गरेकी अन्दाजी ६४ वर्षिया उनको श्रीमती बुधबार विहान साँढे १० बजे तिर लालबन्दी बजारबाट एकाएक हराएपछि चिन्तित भएका उनको श्रीमान श्रेष्ठले खोजी गरिदिन आग्रह गरेका हुन् ।
हराएकी सीता लालबन्दी ९ स्थित भूदेव खाद्य उद्योग पछाडी रहेको आफ्नो छोरीको घर आएकी थिईन् । छोरीको घरबाट आफ्नो घर जान भनेर हिडेकी सिता कता गईन् पत्तो नै नभएको उनका श्रीमानले बताए ।
उनका अनुसार आफ्नी श्रीमतीलाई विर्सन रोग लागेको छ । ‘कहाँ जाँदैछु भन्ने आफैलाई थाहा नहुने भएका कारण पनि उनी घर सम्म आउन नसकेकी हुन सक्छिन् । यदि कसैले देख्नु भेट्नु भएमा मलाई 9844224572 मा सम्पर्क गरि खबर गरिदिनु होला ।’ उनका श्रीमान सुर्य बहादु श्रेष्ठले भने ।
उनले आफूले श्रीमती घर आउँछिन् भनेर प्रहरीलाई समेत खबर गरिनसकेको बताए । तर आफन्तहरुकोमा पुगिन कि भनेर सोध्ने काम चै गरिरहेको बताए ।