closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added
भाइरल पोष्ट, मलंगवा ।।
पौष २१ गते ।। भारतीय नम्बर प्लेटको मोटरसाईकलको ठक्करबाट घाईते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षिय नथुनी बैठा रहेका छन् ।
बैठालाई बुधबार साँझ अन्दाजी ६ बजेको समयमा बिआरजिरोवान ५९१७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते भएका बैठालाई स्थानीय नारायणपुर मेडिकल पठाइएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगी शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा लाने तयारी गरिएको छ भने उनलाई ठक्कर दिने मोटरसाईकल र यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।