भाइरल पोष्ट, मलंगवा ।।
पौष २१ गते ।। सितलहर बढे सङ्गै बालबालिकाहरुको सुरक्षा तथा शिक्षालाई मध्य नजर गर्दै बाल कल्याण समाज सर्लाहीले न्यानो स्विटर वितरण कार्यलाई तिब्रता दिएको छ । यसैक्रममा सो संस्थाले आज(बुधबार) बसबरिया गाउँपालिका ६ स्थित मनटोलमा रहेको प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २५ जना बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गरेको छ ।
राज होजियारी वीरगन्जको सयोगमा सो संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा सो विद्यालयका जग्गादाता फेकन मण्डल धानुकको प्रमुख आतिथ्य एवम् विद्यालयका प्रधानाध्यापक उपेन्द्र राय यादवको बिशिस्ट आतिथ्यमा अभिभावक, शिक्षक, विद्यार्थी बुधिजिबी, शिक्षाप्रेमी अधिकारकर्मी पत्रकार तथा सर्वसाधारणहरुको उपस्थितिमा बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गरिएको हो ।
कार्यक्रमपछि अब जाडोकै कारण बालबालिकाहरु बिद्यालय न आउन बाध्य न हुने प्रतिकृया त्याहाँका अभिभावकहरुले दिएका थिए भने बालबालिकाहरु खुशी हुदै सहयोगी संस्था राज होजियारी र आयोजक संस्था बाल कल्याण समाज सर्लाहीलाई धन्यवाद दिएका थिए ।