भाइरल पोष्ट, हरिवन ।।
पौष १७ गते ।। ‘मेरो टोपी कैलाशको शिर जस्तो…, हिमाली भिर जस्तो…’ यो स्वर्गिय गोपाल योन्जनको गित हो । नेपाली ढाका टोपीको वर्णन गरिएको यो गित बाटै बुझ्न सकिन्छ कि नेपाली टोपीको महत्व कति छ भनेर ।
हो टोपीको महत्व बुझेरै होला आज भन्दा १० वर्ष अघि देखि नागरीक स्तरबाट जनवरी महिनाको पहिलो दिनलाई राष्ट्रिय टोपी दिवसको रुपमा मनाउने निर्णय भयो । जनवरी पहिलो दिन अंग्रेजी नयाँ वर्षको सट्टा राष्ट्रिय टोपी दिवसको रुपमा मनाउनु पर्ने जनस्तरबाट आएको माग अहिले राष्ट्रिय स्तरमै स्थापित भएको छ । हरेक नेपालीले अहिले जनवरी महिनाको पहिलो दिनलाई राष्ट्रिय टोपी दिवसको रुपमा मनाउन थालि सकेका छन् । 
यसै क्रममा ‘हाम्रो टोपी, हाम्रो पहिचान’ भन्ने नारासहित १०औं राष्ट्रिय नेपाली टोपी दिवस सर्लाहीको हरिवनमा पनि मनाइएको छ ।
हरिवन ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाको अध्यक्षता तथा उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा वडाकार्यालयकै सभाहलमा एकआपसमा शुभकामना साटासाट गर्दै राष्ट्रिय टोपी दिवस मनाइएको हो ।
नेपालमा हरेक वर्ष जनवरी महिनाको पहिलो दिनलाई राष्ट्रिय टोपी दिवसको रुपमा मनाउने गरिएको छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी फस्टको दिन नेपाली टोपीको प्रवद्र्धन गर्ने उदेश्यसहित नेपालमा नेपाली टोपी दिवस मनाउने गरिएको हो ।
टोपी दिवसले नेपालको राष्ट्रियता, नेपालीको पहिचानलाई विश्वसामु झल्काउन टेवा पुगेको दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताउनु भयो । नेपाली टोपीको महत्व अबको पुस्ताले बुझ्दै गएकोले नै राष्ट्रिय टोपी दिवसको सार्थकता पुष्टी भएको उहाँहरुको भनाई थियो ।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर एवम् कार्यक्रमकी प्रमुख अतिथी हरिमाया घलानले आगामी वर्षहरुमा नगरपालिकाले नै यो दिवस भव्यताका साथ मनाउने बताउनुभयो । उहाँले नेपाली ढाका टोपी तथा गुन्यू चोली र साडी नेपालीहरुको पहिचान भएको बताउनुभयो ।
शुभकामना आदान प्रदान कार्यक्रमलाई उमेयरसहित एमाले हरिवन नगर अक्ष्यक्ष सिताराम पोखरेल, माओवादी केन्दका नेता ईन्द्र पाठक, एमाले नेता चुडामणि वाग्लेले नेपाली टोपीको महत्वका विषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा हरिवन २ का वडा अध्यक्ष अर्जुन योन्जन, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, चेम्बर्स अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोते, सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरन्जन साह, हरिवनका व्यवसायीहरु प्रयागराज पोते, राजन केसी, दलित उत्थान समाज हरिवनका अध्यक्ष रामचन्द्र राम, समाजसेवी नारायण कार्की, निषा बानियाँ ठकुरी, गिता राउत, तारा विश्वकर्मा, नवराज धमला, दिनेश केसी, कुमार लुईटेललगायतको उपस्थिति रहेको कार्यक्रमका सञ्चालक हरिवन ११ का वडा सचिव कृष्ण कुमार शर्माले जानकारी दिनुभयो ।