भाइरल पाेष्ट , हरिवन ।। नेकपा एकिकृत समाजवादीका नेता एवम् प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले ट्रष्टकाे नाममा २० लाख रुपैया प्रदान गरेका छन् ।
अाफू जनप्रतिनिधि भएयता अहिले सम्म राज्यबाट प्राप्त सुविधा वापतकाे सम्पूर्ण रकम ट्रष्टमा जम्मा गरी शैक्षिक क्षेत्रकाे सुधार तथा दिन दु:खीकाे सेवामा खर्च गर्ने घाेषणाा गर्दै नेता उप्रेतीले २० लाख रुपैयाँको चेक साे पार्टीका नगर अध्यक्ष चुडामणि वाग्लेलाई हस्तान्तरण गरेका हुन ।
“उहाँले अाफू जनप्रतिनिधि भएयता राज्यबाट पाएकाे सेवासुविधा वापतकाे सम्पूर्ण रकम ट्रष्टमा जम्मा गर्ने घाेषणा गर्नु भएकाे छ”, नगर अध्यक्ष वाग्ले भने,”साेही अनुरुप अाज २० लाख रुपैयाँको चेक दिनु भयाे, अझै १२/१३ लाख रुपैयाँ दिन्छु भन्नु भएकाे छ ।” नेता उप्रेतीले प्रदान गरेकाे रकम तत्काल ट्रष्ट स्थापना गरी जम्मा गरिने नगर अध्यक्ष वाग्लेले बताए ।
नेता उप्रेती २०४९ सालमा भएकाे स्थानीय तह निर्वाचनबाट पहिलाे पटक तत्कालीन हरिवन गाविस उपाध्यक्ष र २०५४ सालमा गाविस अध्यक्ष भएका थिए । २०७४ सालकाे निर्वाचनमा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३(क) बाट प्रदेश सांसदमा विजयी भएका नेता उप्रेती केपी अाेलीकाे कदमबाट रुष्ट भई मावध नेपाल पक्षमा लागेका हुन्।
यसैबीच, एकीकृत समाजवादीले हरिवन नगरपालिकाकाे मेयरमा नेता उप्रेती र जिल्ला अध्यक्ष सुरेन्द्र लामाकाे नाम सिफारिस गरेकाे छ । स्थानीय घाेषणा पत्र तथा उमेदवारी घाेषणा सभाकाे अायाेजना गर्दै मेयरमा दुई जना र उपमेयरमा नगर अध्यक्ष वाग्ले, नेता भरत कुमार कार्की, उत्तर कुमार मैनालीसहित १२ जनाकाे नाम सिफारिस गरेकाे छ ।