भाइरल पोष्ट, मलंगवा ।। किशोरले चलाएको साईकलको ठक्करबाट सदरमुकाम मलंगवामा एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा कविलासी नगरपालिका ५ बस्ने ६८ वर्षिय अच्छेलाल राय यादव रहेका छन् ।
शनिबार साँझ साँढे पाँच बजेको समयमा मलंगवा नगरपालिका १० जिविस चोकमा सोही ठाउँ बस्ने १४ वर्षिय जित कुमार पण्डितले चलाएको साईकलले बाटो क्रस गर्ने क्रममा यादवलाई ठक्कर दिएको थियो । साइकलको ठक्करबाट घाइते भएका यादवलाई उपचारको लागि मलंगवाकै ओम अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
वृद्धलाई ठक्कर दिने साईकल र चालकलाई आवश्यक कार्वाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।