भाइरल पोष्ट, लालबन्दी ।। प्रहरीले लालबन्दीबाट ४९ बोरा युरिया मल बरामद गरेको छ । सोमबार जिल्लाको लालबन्दी बजारबाट सिन्धुलीको मरिणतर्फ लैजान लागेको अवस्थामा ५० किलो दरका ४९ बोरा युरिया मल बरामद गरिएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीले ना४ख१०८६ नम्बरको यात्रुवाहक वसमा लोड गरी सिन्धुली तर्फ लैजान लागेको अवस्थामा युरिया मलसहित विभिन्न रंगका २२ ओटा साडी, २७ ओटा कुर्ताका कपडा र ३ ओटा झुल गरी अन्दाजी एक लाख १५ हजार पाँच सय मूल्य बराबरको सामान बरामद गरेको हो ।
ती सामान अवैध रहेको भन्दै बरामद गरी आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।