भाइरल पोष्ट, लालबन्दी
नेकपा एमालेले लालबन्दी नगरपालिकाको मेयर–उपमेयरका लागि आकांक्षीहरुको नाम सिफारिस गरेको छ । आइतबार बसेको नगरकमिटिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट प्रमुख उपप्रमुख पदका आकांक्षीहरुको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिएका नामहरुमा मेयर पदमा हालका मेयर मान बहादुर खड्कासहित ९ जना र उपमेयर पदका लागि हालकी उपमेयर शान्ति लामासहित ११ जना रहेका छन् । मेयरका दाबेदार उमेदवारहरुमा हालको वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कार्कीको नाम पहिलो नम्बरमा छ । त्यसैगरी महिला नेतृ उत्पला ढुंगेल, नेता गोविन्द महत, नवराज मिश्र, पवित्रा घिमिरे, प्रभु नारायण शिवाकोटी, बलराम पोखरेल, बेचुराज तिमल्सिना रहेका छन् । हालका मेयर मान बहादुर खड्काको नाम अन्तिममा रहेको छ ।
त्यसैगरी एमालेबाट उपमेयरका आकांक्षीहरु ११ जनाको नाम सिफारिस गरिएको छ । जसमा अनु हाडा मगर, कुसुम कुमारी घिमिरे(इन्दिरा), गंगाराम महतो, निर्मला कुमारी थिङ्ग, बर्षा कुमारी लामा, मिना देवकोटा, रीता ब्लोन, रुकमणि चौधरी, ललिता कुमारी बान्तवा(शारदा), शनसरी माया थिङ्ग र हालकी उपमेयर शान्ति लामा रहेका छन् । शान्ति लामाको नाम अन्तिम नम्बरमा राखिएको छ ।
जिल्लाका अन्य गाउँ तथा नगरपालिकाले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुको नाम टुंग्याई सिफारिस गरिसकेको भएपनि लालबन्दीमा भने अन्यत्र भन्दा केही ढिलो भएको हो ।