जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले अबको निर्वाचनबाट असल र योग्य व्यक्तिलाई निर्वाचित गराउनु पर्ने बताएका छन् ।
शनिवार सर्लाहीका पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता त्रिपाठीले अबको निर्वाचनबाट जनताले असल र योग्य व्यक्तिलाई नै जनप्रतिनिधि रुपमा चुन्नु पर्ने बताएका हुन् ।
नेता त्रिपाठीले नेपाली राजनीतिमा देखिएको राष्ट्रवादले देशलाई दलदलमा फसाएकोले आफूले नयाँ पार्टी खोल्नु परेको प्रष्ट पारेका छन् । उनले स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुनुपर्नेमा पनि विशेष जोड दिएका छन् ।
स्थानीय तहमा बजेटको दुरुपयोग भएको र भ्रष्टाचार मौलाएको भन्दै उनले आफ्नो पार्टी भने भ्रष्टाचारमुक्त स्थानीय तहको मूल नारा लिएर चुनावमा जाने उद्घोष समेत गरेका छन् ।