सोम दियाली, डाबरी।।
गएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माणको काममा सिन्को भाँचेनन् भन्नेहरुलाई सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर ३ एउटा विकासको गतिलो नमूना बनेको छ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ गएको पाँच वर्षमा साच्चै नै स्वर्ग जस्तै सुन्दर बनेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित हुनुभएका यहाँका वडा अध्यक्ष दिपमान लोप्चनले आफ्नो वडामा लोभलाग्दा कामहरु गर्नुभएको छ । वडा अध्यक्ष लोप्चनको कामलाई लिएर वडावासीहरु खुशि देखिएका छन् । उहाँ नगरपालिकाबाट वडामा आउने सीमित बजेटबाट वडाको मुहार नै फेर्न सफल हुनुभएको छ । वडाको बजेटबाट अपुग भएको ठाउँमा व्यक्तिगत खर्चबाट समेत उहाँले वडाको विकास गर्नुभएको छ । जस्तो कि वडावासीलाई खानेपानीको सुविधा पु¥याउन चलनचल्तीको मूल्य अनुसारको एककरोडको ५ कट्ठा नम्बरी जग्गा उहाँलेले खानेपानीको लागि दिनुभएको छ ।
वडा अध्यक्षको महत्वपूर्ण कामहरु
–आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवन निर्माण,
–वडामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चलनचल्तीको मूल्य अनुसार एक करोड मूल्य बराबरको निजी जग्गा प्रदान,
–डाबरी बजारमा २० लाखको लागतमा पक्की सटर निर्माण(ब्लकसहित),
–१० किलोमिटरभन्दा बढी सडक कालोपत्रे सम्पन्न,
–बुद्धचोकमा बुद्धमुर्ति स्थापना,
–विपन्न नागरीकलाई एक सय ओटा उन्नत जातका बाख्रा वितरण,
–६० घर विपन्न नागरीकको जिवीकोपार्जनका लागि स्थानीय बुद्ध सामुदायिक वन क्षेत्रमा २÷२ कट्ठाका दरले जग्गा प्रदान,
–आफ्नै खर्चमा मोहनपुर र सिद्धिपुरमा खेल मैदानको स्तरोन्नती,
–कुशवाहा धर्मशाला निर्माणका साथै स्थानीय बरमथानमा घेराबेरा तथा विभिन्न चोकहरुमा प्रतिक्षालय निर्माण
– ३ करोडभन्दा बढीमा लखनदेही नदीमा तटबन्ध निर्माण,
–वडामा सिँचाई सुविधा उपलब्ध गराउन ६ ओटा डिपबोरिङ्ग स्थापना आदि ।
वडाअध्यक्षको कामलाई लिएर वडावासी दुखि बन्नु पर्ने अवस्था नभएको स्थानीय सन्तोष चौधरीले बताउनुभयो । ‘यो पाँच वर्षको अवधिमा वडा अध्यक्ष लोप्चनले वडामा थुप्रै काम गर्नुभएको छ । महत्वपूर्ण कुरा त उहाँले सबैलाई पायक पर्ने डाबरी बजारमा सुविधा सम्पन्न वडा कार्यालयको भवन बनाउनु भएको छ । त्यस्तै स्वास्थ्य चौकी भवन बनाउनुभएको छ ।’, स्थानीय चौधरीले भन्नुभयो, ‘ तपाई देख्न सक्नुहुन्छ यही डाबरी बजार पहिला कस्तो थियो अहिले कस्तो भईसक्यो । यहाँ ठुलो खाल्डो थियो, पानी जम्ने गरेको थियो । अहिले बजारमा पक्की सडक सटरहरु बनेको छ । स्थानीय कृषिजन्य उत्पादनले बजार पाएको छ ।’
स्थानीय सन्तोष चौधरी मात्रै हैन वडा अध्यक्ष दिपमान लोप्चनको कामलाई लिएर वडावासी सबैले खुशि व्यक्त गरेका छन् । ‘वडा अध्यक्ष लोप्चन जस्तो समाजसेवी र मनकारी वडाअध्यक्ष पाउनु वडावासीका लागि खुशिको कुरा हो ।’, अर्का स्थानीय परिक्षण महतोले भन्नुभयो, ‘तपाई आफै हेर्न सक्नुहुन्छ कि वडा अध्यक्ष दिपमान लोप्चनको काम आफै बोल्छ । वडाका सबै बाटाहरु कालोपत्रे भएको छ । हरेक घरमा विजुली पुगेको छ । वडामा रातमा पनि दिनमाझै झलमल देख्न सकिन्छ ।’
वडा अध्यक्ष लोप्चनको आलोचना गर्ने त हरिवन ३ मा भेटिनै मुस्किल छ । हरिवन ३ सुख्खा क्षेत्र भएकोले किसानलाई सिँचाई सुविधा उपलब्ध गराउन वडाका विभिन्न ६ स्थानमा डिप बोरिङ्ग राखिएको छ । त्यस्तै वडा अध्यक्ष लोप्चनले वडामा रहेको खानेपानीको समस्या तत्काल समाधान समरसेलमार्फत पिउनेपानीको व्यवस्था गरेका छन् । वडाका मुख्य चोकहरुमा सुन्दर प्रतिक्षालयहरु बनाइएका छन् । चौतारो, गुम्बा, बरमथानहरुको स्तरोन्नती गरिएको छ ।
त्यस्तै मोहनपुर भुजेल टोल हुँदै खेल मैदान सम्म २० लाखको लागतमा ढलान कार्य गरिएको छ । मानेटोल रुद्रमानको घरदेखि सामुदायिक वन सम्म १५ लाखमा ढलान भएको छ । धारटोल र लामा टोलमा रहेको व्रह्मस्थानमा घेराबेरा गरिएको छ । स्थानीय महतो समुदायको सम्मानमा जीर्ण कुशवाहा धर्मशाला निर्माण गर्नुभएको छ ।
यो पाँच वर्षको अवधिमा अध्यक्ष दिपमान लोप्चनले विपन्न नागरीकको जीवीकोपार्जनका लागि भन्दै ६० घरधुरीलाई २÷२ कट्ठाका दरले वुद्ध सामुदायिक वन भित्र जग्गा उपलब्ध गराउनु भएको छ । त्यहाँ ती विपन्न नागरीकले युएनडीपीको सहयोगमा सामुहिक तरकारी खेती गरी राम्रो आम्दानी गरिरहेका छन् । त्यस्तै विपन्न, दलित र सुकुम्वासीलाई आयआर्जन र जीवीकोपार्जनमै सहयोग पु¥याउने उदेश्यले उन्नत जातको १०० ओटा बाख्रा वितरण गरिएको छ । वडावासीलाई आवतजावतमा सहज होस भन्दै धारटोलमा पक्की पुलको निर्माण भएको छ ।
उहाँले वडाकै साधन स्रोतबाट थुप्रै उदाहरणीय कामहरु सम्पन्न गर्नुभएको छ । वडाको पुच्छारमा रहेको सिद्धिपुरमा महिलाहरुको लागि सामुदायिक भवन निर्माण गरिदिनुभएको छ । सोही स्थान नजिकै लखनदेही किनारमा आफ्नो गोजीको पैसाबाट खेल मैदान निर्माण गर्न लगाउनुभएको छ । त्यस्तै मोहनपुर खेल मैदानको स्तरउन्नती गर्ने काम पनि उहाँले गराउनुभएको छ । युवालाई खेलमा प्रोत्साहन गर्न वडाका विभिन्न क्लवमा आवद्ध युवाहरुलाई विभिन्न खेल सामाग्री समेत प्रदान गर्नुभएको छ । लखनदेही खोलाको जोखिममा रहेको वस्ती जोगाउन तीन करोडभन्दा बढीको लागतमा लखनदेही नदीमा तटबन्ध गरिदिनुभएको छ ।
त्यस्तै वडामा रहेका विद्यालयहरुको भौतिक संरचना सुधार गर्न पुराना भवनहरुको मर्मत सम्भार तथा थप नयाँ भवनहरुको निर्माण समेत गरिएको छ । वडामा मृत्यु भएकाहरुको दाहसंस्कारलाई सहज बनाउन लखनदेही नदी किनारमा शव दाहन गृह र क्रियापुत्री भवन निर्माण भएको छ । आफ्नो कार्यकालमा सुन्दर वडा बनाउने कबुल गरेका वडा अध्यक्ष लोप्चनले बुद्धचोकमा सुन्दर र भव्य बुद्धमूर्ति स्थापना गर्नुभएको छ । जसले वडाको शोभा नै बढाएको छ ।
आफू वडाअध्यक्षमा निर्वाचितको दिनदेखि नै निरन्तर जनताको काममै लागेको र वडावासीले सोचे जसरी नै सहयोग गरेकाले पाँच वर्षको अवधिमा वडामा थुप्रै कामहरु गर्न सफल भएको वडाअध्यक्ष लोप्चनले बताउनुभयो । ‘अझै पनि वडामा आफूले सोचे अनुरुप कामहरु गर्न बाँकी रहेकोले आफू फेरी पनि वडा अध्यक्षमा दोहोरीन चाहान्छु । मेरो वडामा जम्मा दुई ओटा सामुदायिक विद्यालय छन् । विद्यालयहरुको स्तरउन्नतीमा विगतमा केही काम भएपनि सोचे अनुरुप काम हुन सकेको छैन । डाबरीमा रहेको रामबहादुर पुलामी निमाविमा मावि सञ्चालन गर्ने आफ्नो ठुलो चाहना रहेकोले फेरी पनि वडा अध्यक्षमा आउन चाहेकोको हुँ ।’ वडा अध्यक्ष लोप्चनले भन्नुभयो,‘आशा छ, वडावासीले फेरी पनि चुन्नु हुनेछ ।’
उहाँले वडामा आउने अन्य योजनाहरुमा वडा अध्यक्षले समन्वय गरेनन्, सहयोग नै गरेनन् भन्ने आरोपमा कुनै सत्यता नभएको बताउनुभयो । ‘मेरै वडामा प्रदेश मानीनीय हुनुहुन्छ, उहाँले प्रदेश सरकारबाट ल्याउनुभएको योजनाहरुमा असहयोग गर्नुपर्ने कुनै कारण छैन किनकी योजना जहाँबाट आएपनि जस्ले ल्याएपनि वडालाई नै फाईदा हुने हो ।’ वडा अध्यक्ष लोप्चनले भन्नुभयो, ‘तर उहाँले ल्याउनुभएको योजनाहरुमा वडा कार्यालय र नगरपालिका कसैसँग समन्वय नै गर्नुभएको छैन ।’