भाइरल पोष्ट, नवलपुर ।। सर्लाहीको लालबन्दीका मौरी किसानहरुलाई मौरी सामाग्री वितरण गरिएको छ । लालबन्दी नगरपालिका २ स्थित चक्रेश्वर मौरी फार्ममा आवद्ध दर्जनबढी मौरी किसानहरुलाई मौरी सामाग्री वितरण गरिएको हो ।
चक्रेश्वर मौरी ब्लक सञ्चालन समन्वय समितिका अध्यक्ष मौरी किसान दुर्गा बहादुर खड्काको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव कुशवाहाले फार्ममा आवद्ध किसानहरुलाई मौरी घार, आधार चाका, गोला लगायतका सामाग्री वितरण गर्नुभएको हो ।
मौरी किसानलाई प्रोत्साहन गर्ने उदेश्यका साथ लालबन्दीमा मौरी ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । चक्रेश्वर मौरी ब्लक समन्वय समितिले मौरी किसानलाई मौरी पालनमा प्रोत्साहन गर्दै आयआर्यजनमा टेवा पु¥याउने उदेश्यले मौरी सामाग्री प्रदान गरिएको समन्वय समितका अध्यक्ष खड्काले बताउनुभयो ।
कार्यक्रममा लालबन्दी नगरपालिका ५ का वडाअध्यक्ष मोहनहरी भण्डारीको समेत आतिथ्यता रहेको थियो ।