भाइरल पोष्ट,काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न सुक्खा बन्दरगाहले अग्रणी भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै वस्तुको आयात निर्यात गर्न बन्दरगाहको भूमिका अग्रणी रहने बताए । बन्दरगाहले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न कोसे ढुंगा बन्ने अपेक्षा लिएको छु । मुलुकको अन्तराष्ट्रिय व्यापार सहज गर्ने उद्धेश्यले राजधानीमा निर्माण भएको चोभार सुक्खा बन्दरगाहको उद्घाटन भएको छ,’ प्रधानमन्त्रीले भने, ’सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने विश्व वैंकप्रति आभार प्रकट गर्छु ।
वस्तुको आयात निर्यात गर्न बन्दरगाहको भूमिका अग्रणी रहने बताउँदै प्रधानमन्त्री देउवाले बन्दरगाहले बैदेशीक व्यापारलाई थप प्रतिष्पर्धी बनाउन सक्ने धारणा राखे ।