भाइरल पोष्ट, मलंगवा
चैत्र १८ गते ।। म्यादी प्रहरीमा जागीर लगाईदिन्छु भन्दै ठगि गर्दै हिड्ने एकजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
म्यादी प्रहरी छनौट स्थलमा नगद पाँच देखि सात हजार रुपैयाँमै म्यादी प्रहरीमा जागीर लगाईदिन्छु भन्दै ठगी गर्न खोज्ने जिल्लाको चन्द्रनगर गाउँपालिका ७ का ३१ वर्षिय दिपेन्द्र चौधरीलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्लामा अहिले म्यादी प्रहरीको लिखित परिक्षा सक्किएको छ । आसन्न चुनावलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लामा ३ हजार ८८ जना म्यादी प्रहरी माग गरेको छ ।