भाइरल पोष्ट, लालबन्दी ।। माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले लालबन्दी नगरपालिकाको वडा नम्बर ५ मा दुई ओटा कमिटी गठन गरेको छ ।
नगर अध्यक्ष राजन काफ्लेको अध्यक्षता तथा पार्टीका केन्द्रीय स्थायी कमिटि सदस्य एवं मधेश प्रदेश इन्चार्ज लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा मंगलवार भएको वडा नम्बर ५ को भेलाले ५५ सदस्यीय वडा कमिटि र २१ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरेको हो ।
भेलाले सुमन अमात्यको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटि गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षद्वयमा शैलेस खड्का र अनिता कुमारि चौधरी, सचिवमा रमेश क्याप्छाकी, सहसचिवद्वयमा राजु बिश्वकर्मा र कौशिल्या साह सहित अन्य सदस्य रहेका छन । त्यस्तै अनिता चौधरी अध्यक्ष रहेको २१ सदस्यीय अनेम संघको उपाध्यक्षमा राधा कार्की, सचिवमा निशा अमात्य र सह–सचिवमा ललिता चौधरी सहित अन्य सदस्य चयन भएका छन् ।
भेलामा पार्टीकी केन्द्रीय सदस्य तथा प्रदेश सांसद बेचि लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, उपसचिव उद्धव पाठक संगठन विभाग प्रमुख भरत कुमार कार्की लगायतको आतिथ्यता रहेको सो पार्टीले जनाएको छ ।