भाइरल पोष्ट, मलंगवा
सर्लाहीमा मदताताको संख्या पौने पाँच लाख पुगेको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको तथ्यांक अनुसार जिल्लाका २०ओटै पालिकामा पुरुष २ लाख ५७ हजार १३८ जना, महिला २ लाख १७ हजार २९२ जना र तेश्रो लिङ्गी ९ जना गरी कुल ४ लाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।
९ गाउँपालिका र ११ नगरपालिका गरी २० पालिका रहेको सर्लाहीमा सबैभन्दा बढि मतदाता बरहथवा नगरपालिकामा रहेको छ भने सबैभन्दा कम पर्सा गाउँपालिका रहेका छन् । बरहथवामा ४३ हजार २ सय २ र पर्सा गाउँपालिकामा १२ हजार ५ सय २७ मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको ईश्वरपुर नगरपालिकामा ३७ हजार ८ सय ८३, कविलासी नगरपालिका २५ हजार ४ सय ९, कौडैना गाउँपालिकामा १६ हजार ४ सय ८९, गोडैता नगरपालिकामा २८ हजार १ सय ५७, चक्रघटा गाउँपालिकामा १७ हजार १ सय ६३, चन्द्रनगर गाउँपालिकामा १८ हजार ९ सय ९०, धनकौल गाउँपालिकामा १३ हजार ७ सय ३०, बलरा नगरपालिकामा २३ हजार ४ सय ५२, बसवरीया गाउँपालिकामा १४ हजार ४ सय ४१, बागमती नगरपालिकामा ३१ हजार ६ सय २, ब्रह्म्पुरी गाउँपालिकामा १७ हजार ९ सय ६४, मलंगवा नगरपालिकामा २८ हजार ९ सय ९२ मतदाताको संख्या रहेको छ ।
त्यस्तै रामनगर गाउँपालिकामा १५ हजार ७ सय ९९, लालबन्दी नगरपालिकामा ३९ हजार ७ सय २७, विष्णु गाउँपालिकामा १४ हजार ७ सय २३, हरिपुर नगरपालिकामा २२ हजार ८ सय २२, हरिपुर्वा नगरपालिकामा, १९ हजार ९ सय २० र हरिवन नगरपालिकामा ३१ हजार ४ सय ४७ मतदाताको संख्या रहेको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।
यसैगरी मतदान स्थल तथा मतदान केन्द्रहरु ईश्वरपपुर नगरपालिकामा मतदान स्थल २५ मतदान केन्द्र ४६, कविलासी नगरपालिकामा मतदान स्थल १९ मतदान केन्द्र ३३, कौडेना गाउँपालिकामा मतदान स्थल११ मतदान केन्द्र १९, गोडैता नगरपालिकामा मतदान स्थल २० मतदान केन्द्र ३६, चक्रघटा गाउँपालिकामा मतदान स्थल १२ मतदान केन्द्र २२, चन्द्रनगर गाउँपालिकामा मतदान स्थल१२ मतदान केन्द्र २३, धनकौल गाउँपालिकामा मतदान स्थल१० मतदान केन्द्र १८, पर्सा गाउँपालिकामा मतदान स्थल९ मतदान केन्द्र १६, बरहथवा नगरपालिकामा मतदान स्थल२५ मतदान केन्द्र ५२, बलरा नगरपालिकामा मतदान स्थल२३ मतदान केन्द्र ३२, बसवरीया गाउँपालिकामा मतदान स्थल १० मतदान केन्द्र २० रहेका छन् ।
त्यस्तै बागमती नगरपालिकामा मतदान स्थल १७ मतदान केन्द्र ३७, ब्रह्म्पुरी गाउँपालिकामा मतदान स्थल ११ मतदान केन्द्र २४, मलंगवा नगरपालिकामा मतदान स्थल १९ मतदान केन्द्र ३५, रामनगर गाउँपालिकामा मतदान स्थल १२ मतदान केन्द्र २३, लालबन्दी नगरपालिकामा मतदान स्थल २७ मतदान केन्द्र ५०, विष्णु गाउँपालिकामा मतदान स्थल ११ मतदान केन्द्र १९, हरिपुर नगरपालिकामा मतदान स्थल १४ मतदान केन्द्र २८, हरिपुर्वा नगरपालिकामा मतदान स्थल १३ मतदान केन्द्र २६ र हरिवन नगरपालिकामा मतदान स्थल १८ मतदान केन्द्र ४० रहेको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा ३१८ मतदान स्थल र ५९९ मतदान केन्द्र तोकिएको छ ।