राजु लो, हरिवन ।। मोडेल टुल्साङ मोक्तान अभिनित मरिन २ नामक नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । झण्डै एक दर्जन बढी तामाङ गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडेल मोक्तानको ‘इन्स्टारी फोटो च्यासी फेसवुकरी एड लाजी…’ बोलको नयाँ म्यूजिक भिडियो बजारमा आएको हो ।
गीतमा मोडेल मोक्तानसँगै रस्मिला तामाङ, सन्तोष ज्याक बोसलगायतका कलाकारहरुले अभियनय गरेका छन् । मोडेल मोक्तान तामाङ फिल्मका नायक पनि हुन् । उनले दुई ओटा तामाङ फिल्ममा समेत आफ्नो अभियन प्रस्तुत गरिसकेका छन् ।
गायक कार्साङ लामा र सुमिना लो को आवाजमा रहेको उक्त गीतको म्युजिक भिडयो म्हारमेन मिडिया युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त म्यूजिक भिडियोको निर्देशक अजय स्याङ्तान रहेका छन् ।
गीतमा दण्ड तामाङ्ग र विजय गोलेको शब्द तथा गायक कारसाङ लामा र सुमिना लो को स्वर रहेको छ भने जेम्स जिम्बा तामाङको ¥याप रहेको छ ।
शनिबार सार्वजनिक भएको उक्त भिडियो यो समाचार तयार पार्दा सम्म झण्डै २२ हजारले हेरिसकेका छन् ।
https://youtu.be/jrFCIfWJrlY