भाइरल पाेष्ट, रानीगञ्ज ।। सर्लाहीको फुलजाेर खाेलाकाे पुलबाट यात्रुबस खस्दा ४ जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन बढी घाईते भएका छन् ।
वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना. ४ ख ८५५५ नम्बरकाे यात्रुबस आईतबार बिहान सबा ११ बजे पुलबाट तल खसेकाे हाे ।
मृतक ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाईएकाे र घाईतेहरुकाे लालबन्दी र रानीगंज स्थित स्वास्थ्यकेन्द्रमा उपचार भईरहेकाे छ ।
तत्काल घाईतेकाे उद्दार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाईतेकाे एकिन विवरण केही पछि मात्र आउने प्रहरीले जनाएकाे छ । बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेकाे बताईएपनि अनुसन्धान भईरहेकाे प्रहरीले जनायाे ।
सबै मृतक तथा घाईतेहरुकाे पहिचान समेत खुलिसकेकाे छैन ।