भाइरल पोष्ट, काठमाण्डौ ।। गृहमन्त्री बालकृष्ण खाँणले बयलवासमा सांसदमाथि भएको आक्रमणको घटनाको छानविन गरिने बताउनुभएको छ ।
स्थानीयको आक्रमणबाट गम्भीर घाईते भई काठकाण्डौस्थित मेडिसिटी अस्पतालमा उपचार गराईरहेका सांसद साहलाई शनिबार भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाउनु भएको हो ।
गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।
शनिबार विहान स्थानीय फुलजोर युवा क्लवको जग्गाको विषयमा विवाद भएको थियो । विवाद मिलाउन पुग्नुभएका सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणकारीहरुले रडले प्रहार गर्दा सांसद साहको टाउकोमा गम्भीर चोट लागेको थियो भने उहाँका अंगरक्षण्क समेत घाईते भएका थिए । उहाँका अंगरक्षकले प्रयोग गर्ने हतियार र त्यसको गोली समेत आक्रमणकारीहरुले खोसेका थिए ।
सांसद साहमाथि भएको आक्रमणको जनता समाजवादी पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै निन्दा गरेको छ ।