भाइरल पोष्ट,काठमाडौं ।। पपुवा न्युगिनी(पीएनजी)लाई चौथो झट्का लागेको छ ।
पीएनजीका ब्याट्सम्यान लेगा सिएका आउट भएका हुन् । यसअघि सोमपाल कामीले पहिलो विकेटकारुपमा टोनी उराको विकेट लिएका हुन् भने दोस्रो विकेटकारुपमा असाड बलाको विकेट लिएका हुन् । पीएनजी ताजा अवस्थामा ३३.४ ओभर खेल्दै १८८ रनमा रहेको छ ।
टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो ।