भाइरल पोष्ट,सर्लाही ।। बाल कल्याण समाज ९ऋध्क्० सर्लाहीले कविलासी नगरपालिका्का विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत २० जना गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाइ श्री जनता अधारभुत विद्यालय कविलासी ८ को सभा हलमा एक कार्यक्रम गरि शैक्षिक सामग्री बितरण गरेको छ । आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम राय (श्याम जी यादव ) को अध्यक्षतामा सम्पन्न यश कार्यक्रमको लागि आर्थिक सहयोग गर्नुभएका कविलासी ९ सलेमपुर निवासी समाजसेवी श्री जगनाथ राय ज्यु प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिस्ट अतिथिमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सर्लाही जिल्ला अध्यक्ष राजेश पासवान ज्यु र कविलासी न पा वाडा न ८ का वाडाध्यक्ष बिरेन्द्र प्रसाद सह हुनुहुन्थ्यो ।
शैक्षिक सामग्री २० जनालाई जनही १२ थान अभ्यास पुस्तक , १२ थान बल पेन, १ थान औजार बक्स, १ थान कलर पेन्सिल र १ थान पिक्चर डिक्सनरी बितरण गरिएको थियो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष यादवले कार्यक्रमको सहयोगी एवं प्रमुख अतिथि श्री जगनाथ राय ज्युलाइ गमछा ओढाइ सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । यश कार्यक्रमका लागी प्रभावकारी सहजीकरण गरि सहयोग गरिदिनुहुने जनताअधारभुत विद्यालय का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोगारथ पासवान प्र अ भग्यनाराय्ण झा ज्यु लगायत सहभागी बिद्यालयका शिक्षक प्रतिनिधि ,बुद्धिजीवी , समाजसेवी तथा अधिकारकर्मीहरु अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले आफ्नो मन्तव्य राखने क्रममा शिक्षाका लागि शैक्षिक सामग्रीको महत्त्वको बारेमा ब्याख्या गर्दै यो शैक्षिक सामाग्रीले लक्षित वर्गका बालबालिकाहरुको शिक्षा प्राप्तिमा ठुलो सहयोग हुने जिकिर गर्नुभयो साथै आयोजक संस्था प्रति अभार प्रकट गर्दै उतरोतर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।