लन्डन ।। बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ ।
बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाएका छन् । मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियनभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ ।

’पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको सुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन् । त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ,’ विज्ञप्तिमा जनाइएको छ ।