भाइरल पोष्ट,मलंगवा ।। बारा जिल्ला फेटा गाउँपालिका १ निवासी २५ वर्षिय शिव कुमार बछारको करेन्ट लागेर मूत्यू भएको छ ।
शुक्रवार बिहान १० बजेको समयमा मलंगवा नगरपालीका ४ स्थित रिड. रोडमा विद्युतको पोल गाड्ने क्रममा माथि रहेको ११ हजार भोल्टको तारमा उक्त पोलले छुन गई विद्युत प्राधिकरणमा करार अवधिमा काम गर्ने बछारको मूत्यू भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
करेन्ट लागी घाइते भएका बछारलाइ उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याए पनी चिकित्सकले बछारलाइ मूत घोषित गरेको थियो ।