भाइरल पोष्ट,सर्लाही ।। बाल कल्याण समाज (CWS) सर्लाहीले ३० जना गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाइ श्री जनता मा वि नवलपुरको सभा हलमा एक कार्यक्रम गरि शैक्षिक सामग्री बितरण गरेको छ ।
आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम राय (श्याम जी यादव ) को अध्यक्षतामा सम्पन्न यश कार्यक्रमको लागि आर्थिक सहयोग गर्नुभएका राष्ट्रिय सभा सदस्य माननीय राधेश्याम पासवान ज्यु प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिस्ट अतिथिमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सर्लाही जिल्ला अध्यक्ष राजेश पासवान ज्यु र लालबन्दी नं.पा वडा न १ का वडाअध्यक्ष पन्चलाल स्याङ्गवो हुनुहुन्थ्यो ।
शैक्षिक सामग्री पाउने ३० जना बालबालिकाहरुमा १३ जना श्री जनता मा वि लालबन्दी १ नवलपुरबाट, ७ जना श्री जानकी मा वि लालबन्दी बाट र १० जना श्री जनज्योति मा वि लालबन्दी बाट थिए । शैक्षिक सामग्री ३० जनालाई जनही १६ थान अभ्यास पुस्तक , १० थान बल पेन, १ थान औजार बक्स, १ थान कलर पेन्सिल र १ थान पिक्चर डिक्सनरी बितरण गरिएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष यादवले कार्यक्रमको सहयोगी एवं प्रमुख अतिथि माननीय पासवान ज्युलाइ गम्छा ओढाइ सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । यश कार्यक्रमका लागी प्रभावकारी सहजीकरण गरि सहयोग गरिदिनुहुने जनता मा वि का प्र अ बिनोद पौडेल ज्यु लगायत सहभागी बिद्यालयका शिक्षक प्रतिनिधि ,बुद्धिजीवी , समाजसेवी तथा अधिकारकर्मीहरुको उपस्थिति थियो भने कार्यक्रमको उदघोषण आयोजक संस्थाका कोषाध्यक्ष रबिन्द्र मन्डलले गर्नु भएको थियो ।