भाइरल पोष्ट, हरिवन ।। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु )सर्लाहीको दोश्रो बैठक बुधबार सम्पन्न भएको छ ।
युनियनका जिल्ला अध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षता तथा युनियनकै केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज शिवहरी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले युनियनको विभिन्न विभाग प्रमुखहरु तोकेको छ ।
बैठकले युनियनको संगठन विभाग प्रमुखमा मोहितराज खड्का, अखिल फोर्स विभाग प्रमुखमा मोहन पाख्रिन, रचनात्मक विभागको प्रमुखमा सन्दीप थापा, प्रचारप्रसार विभाग प्रमुखमा युवराज आचार्य, खेलकुद विभाग प्रमुखमा राजेश मैनाली, स्वयमसेवक विभाग प्रमुखमा पवन सिंह र महिला विभाग प्रमुखमा पूजा चौलागाईं जिम्मेवारी तोकेको छ ।
त्यस्तै बैठकले नजिकिँदै गरेको नेपालीहरुको नयाँ वर्षलाई हर्षोउल्लासका साथ मनाउने निर्णय गरेको छ । वैठकले नयाँ वर्षको शुभकामना आदानप्रदानका लागि चैत्र २६ गतेलाई मिति तय गरेको युनियनका जिल्ला सचिव आशिष बाबु दाहालले जानकारी दिनुभयो ।