भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको लालबन्दीमा स्थानीय बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समूह र लालबन्दी साझेदारी वन व्यवस्थापन समूहबीच देखिएको सिमानासम्बन्धी विवाद समाधानका लागि माकुरा समूहका सदस्यहरुलाई तालिम दिईएको छ ।
यी दुई वन समूहबीच देखिएको विवाद निरुपणका लागि काम गर्दै आईरहेको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहयोगमा यी दुबै समूहले संयुक्त रुपमा तालिमको आयोजना गरेका हुन् ।
चैत्र ७ गते सुरु भएको माकुरा समूहको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण सम्बन्धी ३ दिने तालिम बुधबार सम्पन्न भएको हो । माकुरा समूहका सदस्य उमेर रायको अध्यक्षता तथा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको हो । समापन कार्यक्रममा बोल्दै तालिममा सहभागि माकुरा समुहका सदस्यहरुले बाहुनीदेवी सामुदायिक वन र लालबन्दी साझेदारी वन व्यवस्थापन समूहबीच देखिएको सीमासम्बन्धी विवाद समाधानमा तालिम पश्चात आफूहरु सक्षम भएको बताएका छन् ।
सहभागिहरुको तर्फबाट बोल्दै माकुरा समूहकी सदस्य सम्झना डिमदोङ्गले समाजमा हुने विभिन्न खाले विवाद निरुपणमा आफूहरुलाई तालिमले सक्षम बनाएको बताउनुभयो । उहाँले बाहुनदेबी सामुदायिक वन र लालबन्दी साझेदारी वन व्यवस्थापन समूहबीचको द्वन्द रुपान्तरणमा पनि आफूहरु सक्षम हुने बताउनुभयो । त्यस्तै सहभागिहरुमध्येकै एक जना माकुरा समूहका सदस्य विनोद चौधरीले विवाद के हो, विवाद कसरी उत्पन्न हुन्छ र त्यसको समाधान कसरी हुन्छ भन्ने कुरा ३ दिने क्षमता अभिवृद्धि तालिमले सिकाएको बताउनुभयो । उहाँले जस्को समस्या उसैबाट समाधान गर्नका लागि उसैका सदस्यहरुलाई सहजकर्ता बनाई त्यहीबाट समाधान खोज्ने प्रक्रिया अनुरुप नै माकुरा समूहका सदस्यहरुलाई तालिम दिईएको बताउनुभयो । तालिम पश्चात माकुरा समूहका सदस्यहरु बाहुनीदेवी सामुदायिक वन र लालबन्दी साझेदारी वन व्यवस्थापन समूहबीच देखिएको विवाद समाधानमा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झाले सम्बन्धित समूहकै सदस्यहरुलाई राखेर तालिम दिईएकोले विवाद समाधानमा माकुरा समूह सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वन कार्यालयको तर्फबाट यी दुई
तालिमको सहजीकरण गर्नुभएकी प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्दकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले प्रशिक्षकको तर्फबाट धारणा राख्नु भयो । उहाँले आफू र वन कार्यालयको तर्फबाट आवश्यकता अनुसारको सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका तर्फबाट सहजकर्ता गंगा बहादुर विश्वकमाले सञ्चालन गर्नुभएको तालिमको समापन कार्यक्रममा डिभिजन वन कार्यालयका सहयाक वन अधिकृत सजन चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका न्यायिक समिति संयोजक उत्तर कुमार मैनाली, बाहुदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमा पौडेल, पूर्व अध्यक्ष विष्णु प्रसाद सापकोटा, लालबन्दी साझेदारी वन व्यवस्थपन समूहका सचिव विनोद जैसवाल, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी सहजकर्ता प्रज्ञा सापकोटालगायतको उपस्थिति रहेको थियो ।