भाइरल पोष्ट, मलंगवा ।। २७ पीस(दुई पत्ता) प्रतिबन्धित लागूऔषध नाईट्राभेटसहित सर्लाही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल भारत सीमामा पर्ने गोरखकाली प्रहरी चौकी अगाडि डिउटीमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्दा २७ पिस नाईट्राभेट ट्याब्लेटसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका ११ वस्ने रोहीत लामा रहेका छन् । डिउटीमा रहेका प्रहरीले उनलाई शंका लागि चेकजाँच गरेका थिए ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।