भाइरल पोष्ट, मलंगवा ।। सर्लाहीको छुट्टाछुट्टै स्थानमा भएको आगलागिबाट अढाई लाख मूल्य बराबरको क्षति भएको छ ।
जिल्लाको बरहथवा नगरपालिका १ नयाँ बजारमा मंगलबार दिउसो भएको आगलागीबाट स्थानीय विन्देश्वर महतोको घर जलेको छ । आगलागीबाट महतोको नगद ३० हजार र अन्य घरायसी सामानसहित एक लाख बराबरको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
त्यस्तै मंगलबार नै जिल्लाको कौडेनामा परालको टालमा लागेको आगो सल्किएर नजिकै रहेको फुसको घर जल्दा डेढ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कौडेना गाउँपालिका ७ शिवनगर वस्ने मोहम्मद अहियाको फुसको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेको छ ।
आगलागीबाट घर , परालको टाल र घरमा रहेको फर्निचर लगायतका सामानसमेत गरी कुल एक लाख ५० हजार रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।