भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको सतभैयामा मन्दिर बनाउने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा लालबन्दी नगरपालिका १५ सतभैयाका ४५ वर्षिय कुल बहादुर पुलामी रहेका छन् । स्थानीय धन बहादुर पुलामीको मन्दिर बनाउने रड मिलाउने क्रममा उक्त रड बिजुलीको नाङ्गो तारमा छुन गई करेण्ट लागेको थियो । करेण्ट लागेर कुलबहादुरको घट्नास्थलमै मुत्यु भएको थियो । करेट लागि मृत्यु भएका कुल बहादुरको आवश्यक मुचुल्का गरी शव पोष्ट माटमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोही घट्नामा करेण्ट लागेर स्थानीय ४२ वर्षिय गणेश बहादुर दर्लामी घाईते भएका छन् । घाइते दर्लामी स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि घर फर्किसकेका छन् ।