भाइरल पोष्ट, मलंगवा ।। नेकपा एमाले मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्तले नेकपा एमालेका कार्यकर्ताहरु रक्सी र मासुमा नबिक्ने बताउनुभएको छ ।
पार्टीको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन सर्लाहीको मंगलवार मलंगवामा भएको दोश्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका नेता पन्तले नेकपा एमालेका कार्यकर्ता इमान्दार रहेको भन्नुहुँदै उनीहरु रक्सी र मासुमा नबिक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेका कार्यकर्ताहरु कहिल्यै पनि भ्रममा पर्दैैनन् र उनीहरु रक्सी र मासुमा समेत बिक्दैनन् । किनकी उनीहरु समाजको रुपान्तरण चाहान्छन् । उनीहरु बौद्धिक हुन्छन्, ईमान्दार हुन्छन्, साहसी हुन्छन्, समाजमा रहेका धार्मिक विभेद, आर्थिक, सामाजिक, जातिय विदेभका विरुद्धमा लड्छन् । त्यसैले पनि उनीहरु अन्य पार्टीले छर्ने भ्रममा पर्दैैनन् ।’
उहाँले भोट माग्ने बेलामा सबैले आश्वास बाड्ने गरेको तर जितेर गई सकेपछि कसैले केही नगरेको भन्नुहुँदै मधेशका जनता भोट दिँदा दिँदा थाकिसकेको बताउनुभयो । उहाँले नेपालमा गणतन्त्र आईसक्दा पनि मधेशको अवस्थामा हिजो र आजमा कुनै तात्विक भिन्नता आउन नसकेको बताउनुभयो । ‘गणतन्त्रभन्दा सुन्दर व्यवस्था दोश्रो केही छैन । व्यवस्था फेरियो, राजतन्त्रको अन्त्य पनि भयो । प्रजातन्त्र पनि आयो, लोकतन्त्र पनि आयो गणतन्त्र पनि अयो । संविधानमा सबैको हक अधिकार सुनिश्चित गरिएको छ । तर संविधानमा लेखिएका कुराहरु कार्यान्वय अझै भएको छैन । जनता अझै पनि भोकै छन् ।’, उहाँले भन्नुभयो,‘ तर जे जे व्यवस्था आएपनि नेपालमा एमाले नेतृत्वको सरकारको पालामा मात्रै विकास भएको छ । नेपालमा विकासको लहर २०५१ सालमा एमाले नेतृत्वको सरकारले ल्याएको हो ।’
उहाँले मधेशीको लागि लडेका भनिएका मधेशवादी दलहरुबाट मधेशका जनता चेती सकेको बताउनुहुँदै नेता पन्तले अब मधेशको विकास गर्ने पार्टी भनेकै एमाले हुने बताउनुभयो ।
उहाँले आसन्न चुनावमा आयोगमा दर्ता भएका १३० पार्टी नै मिलेर आउँदा पनि एमालेलाई हराउन नसक्ने दाबी गर्नुभयो । ‘पाँच दल मात्रै किन, आयोगमा दर्ता भएका सबै पार्टी मिलेर आए पनि एमालेलाई हराउन सक्दैन । सूर्य उदाई सकेको छ, मधेशमा, पहाडमा, हिमालमा ।’
https://youtu.be/FbUMTJGrX1I