hgsk'/sf] k|b]z ;ef ejg hgsk'/, @^ df3 M dw]z k|b]z ;ef sfof{no ejg dw]z k|b]z hgsk'/wfd wg'iff . t:jL/ M k|bLk/fh jGt÷/f;;
भाइरल पोष्ट,जनकपुरधाम
मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित भएको छ । बुधवार १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

hgsk’/, @^ df3 M dw]z k|b]z ;ef sfof{no ejg dw]z k|b]z hgsk’/wfd wg’iff . t:jL/ M k|bLk/fh jGt÷/f;;
बैठकका लागी आउदो शुक्रवार २ बजे बोलाइएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको छ । यसअघि फागुन १ गते, फागुन १० गते र फागुन २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो ।
फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका थिए । त्यस्तै फागुन २२ गते बोलाइएको बैठक नेपाली काँग्रेस जिल्ला अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरू मधेस प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।