मलंगवा ।।
नेपाल मुस्लिम इत्तेहाद संगठन सर्लाहीकाे दाेश्राे जिल्ला अधिवेशन मलंगवामा सुरु भएकाे छ ।
संगठनका जिल्ला अध्यक्ष शेख मेहबुव रेजाकाे अध्यक्षता तथा नेकपा एमाले सर्लाही ईन्चार्ज पुर्वमन्त्री बद्री न्याैपानेकाे प्रमुख अातिथ्यतामा मलंगवास्थित नेपाल बाल संगठनकाे प्राङ्गणमा अधिवेशन सुरु भएकाे हाे ।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष , १ सचिव,काेषाध्यक्ष, दुई जना सह-सचिव र ८१ जना सदस्यसहित ८७ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
नेकपा एमालेकाे भातृ संगठनकाे रुपमा क्रियाशिल संगठनकाे अधिवेशनलाई प्रमुख अतिथि न्याैपानेसहित एमाले मधेश प्रदेश कमिटी उपाध्यक्ष रवती पन्त, जिल्ला अध्यक्ष राज नारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल, उपसचिव प्रकाश थापा, नेताहरु गितानाथ मैनाली र अन्य मुस्लिमहरुले सम्वाेधन गर्ने कार्यक्रम रहेकाे छ ।